बैतडी : शिवनाथ गाउँपालिकाले पालिकाभरी विद्युत बिस्तारको कार्य अगाडी बढाएको छ। पलिकाका ६ ओटै वडामा विद्युत बिस्तार गर्ने उदेश्यका साथ सर्वेक्षण सुरु गरिएको गाउँपालिका प्रवक्ता केशव बहादुर चन्दले बताउनुभयो।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यहरु, पालिका कर्मचारी सहित नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु र विद्युत विस्तारको जिम्मा पाएको निर्माण व्यवसायीसंग बुधबार छलफल गरिएको छ। विद्युत विस्तारका लागि नक्साकंन, टोलबस्तीमा ट्रान्समिटर, विद्युतपोल र विद्युततार लागतबारे छलछल गरिएको जनाईएको छ।
हालसम्म गाउँपालिकाको केन्द्र सुल्लेखान र वडा न ५ र ६ का केहि ठाउँमा विद्युत विस्तार भएको छ। अबको उदेश्य पालिकाभरी प्रत्येकको घरमा विद्युत विस्तार रहेको गाउँपालिका अध्यक्ष कर्णसिह साउँदले बताउनुभयो।
गाउँपालिकाका सबै वडामा विद्युत विस्तारका लागि सरोकारवालाहरुले सहयोग र समुन्वय गर्नुपर्ने गाउँपालिका अध्यक्ष साउँदको भनाई रहेको छ। गाउँपालिकामा विद्युत विस्तार हुने भएपछि फिल्ड भिजिट गराउने कार्य पनि सुरु भएको छ। गाउपालिका अध्यक्ष साउद, प्रवक्ता चन्द र नेपाल विद्युत प्राधिकरण बैतडीका प्राविधिक प्रमु माधव प्रसाद लेखक, नेपाल विद्युत प्राधिकरण वितरण प्रणाली स्तरोन्नति तथा बिस्तार आयोजना (ईआईबि) को तर्फबाट सुब्बा योगेश सुनार र निर्माण व्यवसाहि रमन सिंहले सर्वेक्षण तथा फिल्ड भिजिट गरेका छन।