बैतडी : बैतडीको पाटन नगरपालिका–०१ मा नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरु गरिएको छ।

सकार स्वास्थ्य चौकीको आयोजनामा वडाभरी नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरु गरिएको स्वास्थ्य चौकी ईन्चार्ज नरेन्द्रराज भट्टराईले बताउनुभयो। वडाध्यक्ष तर्कराज ठगुन्नाको अध्यक्षता तथा नगर प्रमुख गौरीसिह रावलको प्रमुख आतिथ्यमा अभियान सुरु गरिएको हो।

नसर्ने रोगका कारण बिरामी हुने तथा मृत्यु हुनेको सख्या बढ्दै गईरहेकाले गतवर्षदेखी यो अभियान सुरु गरिएको स्वास्थ्य चौकी ईन्चार्ज भट्टराईले बताउनुभयो। अभियान मार्फत ब्लड प्रेसर, उचाई, तौल मापन, सुघर जाँच, पिसाव जाँच मधुमेह लगायत नसर्ने रोगहरुको पहिचान गरिने जनाईएको छ।

आज पहिलो दिन सकारटोलमा अभियान सम्पन्न गरिएको छ। सकार टोलमा उच्च रक्तचापका ६ जना र सुघरका २ जना भेटिएका छन भने ६३ जनाले उपचार तथा परामर्श सेवा लिएका छन।

वडा न १ मा ११ टोल रहेका छन। यो महिनाभर प्रत्येक टोलमा अभियान सञ्चालन गरिने जनाईएको छ।