प्रदेश नीति तथा योजना आयोगका थप दुई सदस्यले लिए सपथ

कैलाली-प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा दुई सदस्य थप भएका छन्।

उपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले थप दुई सदस्य नियुक्त गरेको हो। नयाँ नियुक्त भएका सदस्यमा नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र नेकपा एमाले सुदूरपश्चिम सचिवालय सदस्य कर्ण कुँवर रहेका छन्।

शुक्रबार नै एक समारोहका बीच मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा आयोगकी उपाध्यक्ष डा.जीवन रानाले नवनियुक्त दुई जना सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छन्। सुनारको घर कैलालीको धनगढी हो भने कुँवरको घर बैतडीको पुर्चौडी हो।

यसअघि मन्त्रिपरिषद् बैठकले डा। रानालाई उपाध्यक्षमा नियुक्त गरेको थियो। यस्तै आयोगको सदस्यमा डा। हिरा चन्द र शेरबहादुर भण्डारी पनि यसअघि नै नियुक्त भएका थिए।

Leave A Reply

Your email address will not be published.