३३ वर्ष अध्यापन गराएका शिक्षक परमानन्द भट्टको भव्य सम्मान सहित विदाई

बैतडी-३३ वर्षदेखि शिक्षण पेशामा क्रियाशिल शिक्षक परमानन्द भट्टलाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ। आफ्नो शैक्षिक यात्रा पुरा गरेका शिक्षक भट्ट अनिवार्य अवकास भएपछि मणिलेक मावि दशरथचन्द नगरपालिका १ गुरुखोलाले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो।

२०२२ साल असार ७ गते दोगडाकेदार गाउँपालिका वडा.न-२ कफलकोट ब्रम्हपुरी मा जन्मिएका परमानन्द भट्टले अस्थाई शिक्षकका रुपमा २०४८ सालदेखि संस्कृत मावि नकतडीमा शिक्षण पेशामा जोडिएका थिए ।२०६० साल भदौ ५ गते देखि पुर्चौडी नगरपालिका वडा.न-१ स्थित डिलेश्वरी मावि हाट र २०६१ बैशाख २ गते देखि २०७५ चैत्र २७ गते सम्म तेस्रो मावि शिद्धेश्वर माध्यमिक विद्यालय पाटन नगरपालिका-१ मेल्चौरामा माद्यमिक तहमा अध्यापन गराएका थिए ।

यसै गरि शिक्षक भट्टले २०७५ चैत्र २८ गते देखि २०८१ माघ ११ सम्म मणिलेक माद्यमिक विद्यालय दशरथचन्द नगरपालिका १ गुरुखोलामा अध्यापन गराउँदै आएका थिए । शिक्षण गरे।

‘लामो समय यस विद्यालयमा सेवा गर्ने मौका पाए, कतिलाई पढाउँदा अलि चर्को वोलियो होला कतिलाई कोमल बोलियो होला सबै कुरालाई सिकाईको रुपमा लिनुहोला,’ उनले भने, ‘विद्यालयमा कार्यरत शिक्षक लाईसमेत आफ्ना नराम्रा कुरा विर्सन आग्रह गुर्छ।’ मिठो बोल्ने शिक्षक भट्टले अस्थाई र स्थाई गरी ३३वर्ष अध्यानपन गराएका थिए।

विद्यालयमा कार्यरत रहँदा सम्म महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै शिक्षक भट्टलाई विद्यालयले बधाई तथा धन्यवाद ज्ञापन गरिएको थियो । शिक्षक र अभिभावकहरुले शिक्षक भट्टको लगनशिलताका साथ लामो समय अध्यापन गराई हजारौं बिद्यार्थीहरुलाई मार्गदर्शन गरेको भन्दै भट्टको प्रशंसा गरेका थिए ।

शिक्षक परमानन्द भट्टले ले शिक्षण पेशा आफ्नो रुचीको पेसा भएकोले शिक्षण पेशामा ३३बर्ष बिताएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.