बैतडी : श्रीपुर माध्यमिक विद्यालय शिवनाथ गाउँपालिका–०३ पुडील बछलाको स्वागत, सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ। आईतबार विद्यालयका प्रधानाध्यापक सुरतसिह धामीको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको शिक्षक रमेशचन्द्र कलौनीले बताउनुभयो।
कार्यक्रममा दुईजना शिक्षकलाई स्वागत गरिएको छ। कैलपाल आधारभुत विद्यालय शिवनाथ गाउँपालिका–५ खकलाईबाट सरुवा भइ आएका प्रा.वि तह तृतीय श्रेणीका शिक्षक बिर बहादुर चन्द र शिक्षण सिकाइ अनुदान विज्ञान विषयका करार नियुक्त शिक्षक जिवन बहादुर चन्दलाई स्वागत गरिएको विद्यालयले जनाएको छ।
यसैगरी वडा नं. ३ ले आयोजना गरेको वडास्तरीय अन्तर आधारभुत विद्यालय प्रथम रनिंग शिल्ड प्रतियोगितामा श्रीपुर माध्यमिक विद्यालय प्रथम भएको थियो। प्रतियोगितामा सहभागी भई शिल्ड ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको शिक्षक कलौनीले जानकारी दिनुभयो।
कार्यक्रम मार्फत विद्यालयलाई बिभिन्न जेन्सी सामान उपलब्ध गराउने ब्यक्तिहरुलाई सम्मान गरिएको छ। शिक्षक जोत सिंह पालको अगुवाईमा विद्यालयललाई बिभिन्न ब्यक्तिहरुले जेन्सी समान उपलब्ध गराएका थिए।
वडाध्यक्ष केशव दत्त कलौनीले ब्यक्तिगत २०० लिटर ड्रम, हारपिक २, कुच्चो १, ट्वाईलेट ब्रस २ र फोहर उठाउने २ थान दिनुभएको जनाईएको छ। वडाध्यक्ष लगायत वडासदस्यहरू लक्ष्मण सिंह साउद, कृष्ण सिंह साउद, सुर्मा साउद, बिमला पार्कीले सयुक्त रुपमा २५ मिटर कार्पेट र अदा लिटर गम विद्यालयलाई दिनुभएको जनाईएको छ।
यसैगरी अशोक सिंह साउदले खानेपानी बाल्टी १० थान र ५० मिटर पाईप, युवा नेता नरेन्द्र साउदले २०० लिटरको २ ड्रम, व्यापारी प्रमल सिह साउदले एक-एक फडुवा र कुटो, शिवनाथ गाउँपालिका ५ का नि-वर्तमान वडाध्यक्ष महेन्द्र बहादुर चन्दले डोरम्याट २ र ३ झाडु, नि-वर्तमान वडासदस्य गणेश दत्त पन्तले २ बाल्टी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवान सिंह साउदले २०० लिटरको २ ड्रम, अभिभावक एवं समाजसेवी राम दत्त कलौनीले ८ कसुणा, ९ गिलास, एउटा डेक्ची र ८ थाल, समाजसेवी एवं सुल्लेखान निवासी केशव धनाडीले १ बेल्जा, पंचेश्वर सल्कट्टे निवासी राम सिंह साउदले ह्वाईटबोर्ड एक, शिक्षक रमेशचन्द्र कलौनीले १ केतुली, ५ गिलास, ३ कसुणा र १ कुटो, शिक्षक जिवन बहादुर चन्दले १ दराज, १० डष्टर र एक सेट मार्कर, नि-वर्तमान वडासदस्य नारायण साउदले ह्वाईटबोर्ड एकथान, भारत लोहाघाटका व्यापारी चन्द्रशेखर मुरारीले १२ थान म्याट र बासुदेव भट्टले १६ लिटर कुक्कर विद्यालयलाई हस्तातरण गरेका छन।
विद्यालयलाई जेन्सी समान दिनेहरुको अभिलेख राखिएको र सम्मान गरिएको प्रधानाध्यापक सुरतसिह धामीले बताउनुभयो।
