बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

बैतडी-बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।जिल्लाको सुर्नाया गाउँपालिका–४ डबरालीकी २३ वर्षीया दिपा बोहरा महराको भिरबाट लडेर मृत्यु भएको हो।

आइतबार दिउँसो २ बजेको समयमा सोही वडाको जयसिंया भिरबाट घाँस काट्ने क्रममा लडेर महराको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त सुर्नयाा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सिंह महराले जानकारी दिनुभयो ।

उनी करीब अन्दाजी तीन सय मिटर तल खसेकी थिइन् ।उनका अनुसार मृतक महराका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन, भने घरमा ८ महिने छोरा छन् ।

Leave A Reply

Your email address will not be published.