बैतडीको पाटन-१ ले वडास्तरीय परिक्षा सञ्चालन गर्ने

बैतडी- पाटन नगरपालिका–१ ले वडास्तरीय बार्षिक परिक्षा सञ्चालन गर्ने भएको छ।मंगलबार वडाध्यक्ष तर्कसिह ठगुन्नाको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकलले वडामा रहेका सबै विद्यालयमा वडास्तरीय परिक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

वडामा रहेका १० विद्यालयहरुमा वडास्तरीय परिक्षा सञ्चालन हुने निर्णय भएको सिद्धेश्वर माद्यमिक विद्यालय मेल्चौराका प्रधानाध्यापक एवंम वडा शिक्षा समिति सदस्य दिपेन्द्रसिह चाडले बताउनुभयो। परिक्षा चैत १० गतेबाट सञ्चालन हुनेछन।

प्रश्वनपत्र वडाले तयार गर्ने छ। प्रत्येक विद्यालयबाट प्रशनहरु संकलन गरि वडाले प्रश्वनपत्र तयार गर्ने निर्णय भएको वडा कार्यालयले जनाएको छ । 

यसैगरी प्रत्येक विद्यालयमा केन्द्राध्यक्ष फेरीने निर्णय समेत भएको छ।एक विद्यालयबाट अर्को विद्यालयमा केन्द्राध्यक्ष खटाईने र वडाले प्रश्वनपत्र जाँच गरी नतिजा सार्वजनीक गरिने वडा अध्यक्ष ठगुन्नाले बताउनुभयो।

सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर खस्कीदो को अवस्थामा रहेको र हरेक कमजोरी औल्याउदै समाधानको पक्षमा अघि बढ्ने उदेश्यले परिक्षा समिति गठन गरिएको वडा अध्यक्ष ठगुन्नाले बताउनुभयो ।

प्रशनपत्र जाच्नको लागि प्रत्येक विद्यालयबाट वडाले शिक्षकहरु छनौट गर्ने छ। शैक्षीक गुणस्तर सुधारका लागि यो निर्णय गरिएको शिद्धेश्वर मा.विका प्रधानाध्यापक एवं वडा शिक्षा समिति सदस्य चाडले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.