बैतडी : मेलौली नगरपालिका–०७ मा रहेको ब्राईटफ्यूचर एकेडेमीले ७५ औं प्रजातन्त्र दिवस मनाएको छ। विद्यार्थी बालबालिका र शिक्षकहरुले प्रजातन्त्र दिवस मनाएको प्रिन्सिपल मनिदत्त ओझाले बताउनुभयो।
एकेडेमीको परिसरदेखी बिभिन्न नारा लगाउदैँ र्याली सुरु गरिएको थियो। मेलौली बजारहुदैँ, कुन्थला, हरिपुर बजार, ईलाका प्रहरी कार्यालय तस्वदेही र मेलौली भगवती मन्दिर परिसरसम्म नारा लगाउलै र्याली निकालिएको प्रिन्सिपल ओझाले बताउनुभयो।
ब्राईटफ्यूचर एकेडेमीले देशमा मनाईने बिभिन्न दिवस मनाउदैं आएको छ। बालबालिकाहरुको शिक्षण सिकाई प्रभावकारी होस् भन्ने उदेश्यले दिवसहरु मनाउने गरेको जनाईएको छ।
२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो।
यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो। यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ।
दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ। सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ।