दार्चुलामा २८ मेगावाटको जलविद्युत् आयोजनाको शिलान्यास

दार्चुला-दार्चुलामा २८ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। जिल्लाको मार्मामा २८ दशमलव ३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको हो।

दार्चुला पावर लिमिटेडले सञ्चालन गरेको आयोजनाको शनिवार शिलान्यास गरिएको छ। मार्मा गाउँपालिका–२ लाम्बगरमा रहेको जलविद्युत्को ड्याम क्षेत्रमा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आयोजनाको शिलान्यास गरेका हुन्।

जलविद्युत्आ योजनाको ड्याम लाम्बगर र विद्युत् गृह सेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएको छ। तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत ६ खर्ब २३ करोड ६२ लाख भन्दा बढी रहेको आयोजनाका सञ्चालक गुरु न्यौपानेले बताए। सेरीदेखि साढे ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ।

शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी र विक्रमसिंह धामीसमेत सहभागी थिए।

Leave A Reply

Your email address will not be published.