भीमदत्त – १७ मा महिला स्वयंसेविकाले पाए साइकल

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका – १७ का महिला स्वयंसेविकाले साइकल पाएका छन् । वडामा रहेका ५ जना स्वयंसेविकाले निःशुल्क रूपमा साइकल पाएका हुन ।वडा अध्यक्ष पदम बुढाले बुडाले पाँच जना महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल प्रदान गरिएको बताउनुभयो ।

वडाले आफुहरुलाई साईकल सहयोग गरेको प्रती महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले वडालाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले हिँडेर काममा जान महिला स्वयंसेविकालाई समस्या हुने भएकाले साइकल वितरण गरिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.