बैतडीको मेलौलीमा बाघको आक्रमणबाट एक जना घाइते

बैतडी-बाघको आक्रमणबाट बैतडीमा एक जना घाइते भएका छन। बाख्रा चराउन जंगल गएको बेला सोमवार मेलौली नगरपालिका वडा.न-३ का ३८ बर्षिय गणेश सिंह भाट माथि बाघले आक्रमण गरी घाइते बनाएको हो।

मेलौली ३ कोला खोला जंगल क्षेत्र नजिकै सोमबार विहान १० बजेको समयमा भाटमाथि बाघले आक्रमण गरेको मेलौली नगरपालिका वडा.न-३ का वडा अध्यक्ष गगन सिंह भाटले बताउनुभयो ।बाख्रा चराउन जंगलमा गइरहेको अवस्थामा बाघले आक्रमण गरी भाटलाई घाइते बनाएको हो।

भाट भाग्न लाग्दा बाघले पछाडिबाट आक्रमण गरेको थियो। बाघले आक्रमण गरेपछि आफूसित भएको हसिंयाले बाघलाई हानेर आफू भाग्न सफल भएको भाटले बताएका छन।

घाइते गणेशको अवस्था मध्यम रहेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो।घाइते गणेशलाई उपचारको लागि पाटन प्राथमिक स्वास्थ्यकेन्द्र पठाइएको छ।

उक्त क्षेत्रमा प्रहरीकाे टाेली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।चितुवाले मानिसमाथि आक्रमण गरेपछि उक्त क्षेत्रका स्थानीयबासिन्दा त्रसित भएका छन्।

Leave A Reply

Your email address will not be published.