बैतडी : मेलौलीको होटलमा ५५ वर्षिय एकजना मृत फेला

बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको मेलौली नगरपालिका–१ का ५५ वर्षिय तेज सिंह नायक मंगलबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो।

मेलौली नगरपालिका–७स्थित एक होटलमा सुतिरहेको अवस्थामा आज बिहान साढे ८ बजे नायक मृत भेटिएका प्रहरी निरीक्षक बडूले बताउनुभयो। सोमबार खाना खाएर सो होटेलमा सुतेका थिए।

आज बिहान घरबाट फोन गर्दा नउठेपछि आफन्तहरु खोजतलासका लागि मेलौली हरिपुर बजार पुगेका थिए। खोजीका क्रममा उनलाई कोठाभित्र मृत अवस्थामा फेला पारिएको हो। काठमाडौँ बस्दै आएका नायक कुम्भ मेला दर्शन गरि पुजापाठका लागि भन्दै मेलौली आएका थिए।

यस बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ।

Leave A Reply

Your email address will not be published.