बैतडी : राष्ट्रिय गित “नेपाली विर गोर्खाली” सार्वजनीक भएको छ। गायक प्रकाश राँकाको आवाजमा उनकै युटूब च्यानलबाट गित भिडियोसहित सार्वजनीक भएको हो।
गितको सामुहिक स्वरमा ईन्द्ररोका मगर, सुर्य कुमारी पुन, सबिना बुढा, कुमार सानु पुन र प्रेमडुवकीले साथ दिनुभएको छ। गायक राँकाकोे लय रहेको गित शंकरा डिजिटल रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको हो।
एकिन्द्र शरशंकरले निर्देशन गरेको भिडियोमा पूर्णचन्द्र केसी, जिवनराज सेडाई, नरेन्द्र सिह र दिपिका मगर लगायतका कलाकारहरुको सुन्दर अभिनय रहेको छ। देशका राष्ट्रियतका बारेमा गितले सन्देश दिएको छ।