प्रेरणादायी संघर्ष : दिदीबहिनीले एकसाथ शिक्षक सेवामा नाम निकाले

अक्सर हामी एक÷दुईवटा असफलताबाटै निराश हुन्छौं र मोड्छौं जीवनको बाटो ।तर, जीवनका परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ असफलतासँग ।

धेरैको रहर हुन्छ शिक्षक सेवा र निजामती सेवामा प्रवेश गर्ने । तर, यो अवसर सबैका लागि कहाँ जुर्छ र ?निष्ठापूर्वक सेवा र कठिन परिश्रम गर्दै गएको खण्डमा पद र प्रतिष्ठा खोज्दै जानु पनि पर्दैन ।मात्र हुनुपर्छ दृढ इच्छाशक्ति र संकल्प हुनुपर्छ मनमा ।

शिक्षक सेवाभित्र अनेकन संघर्ष र सफलताका प्रेरणादायी कथाहरु पढ्न पाइन्छ।

बैतडी –उमेर झण्डै उस्तै उस्तै पढाई पनि सगंसगैंं ।बैतडीका दुई दिदी बहिनीको मेहनतले यतिबेला सार्थकता पाएको छ ।मेलौली नगरपालिका -७ काँडा स्थित माईतीघर भएका दिदी बहिनीले एकैपटक शिक्षक सेवामा नाम निकालेका छन्।

नारायण दत्त भट्टका जेठी छोरी निशा भट्ट र कान्छी छोरी पुजा भट्टले शिक्षक सेवामा एकैपटक नाम निकालेर तनहुँ जिल्लामा सिफरिस हुनुभएको छ।दुवै जनाले शिक्षक सेवामा नाम निकालेका हुन ।

पहिलो र दोस्रो प्रयासमै नाम निकाल्न सफल भएका २७ वर्षीया निशा भट्ट र २६ वर्षिया पुजा भट्ट एकसाथ सिफरिस छन्।सामान्य पारिवारिक पृष्टभूमिका यी दिदी बहिनी जेठी र कान्छी छोरी हुन ।उनीहरुका भाई काठमाण्डौमा ईन्जिनियर छन ।

नारायणकी जेठी छोरी निशा र कान्छी छोरी पुजाले गण्डकी प्रदेशको तनहुँ जिल्ला बाट प्राथमिक तह तृतीय श्रेणी पदमा नाम निकालेकी हुन् ।नारायणकी जेठी छोरीले दोस्रो पटकको प्रयासमा र कान्छी छोरीले पहिलो पटकमै शिक्षक सेवा पास गरेकी हुन्।

छोरीहरूदुवैको विहे भईसकेको उनका बुवा नारायण दत्त भ्टट बताउँछन् ।उनिहरुले कक्षा १२ सम्म मणिलेक नमुना मावि काँडामा अध्ययन गरेका थिए। भने स्नातक तहको पढाई मणिलेक बहुमुखी क्याम्पस मेलौलीमानै अध्ययन गरेका थिए।

बुवाले घरमा सामान्य खेती–किसानी गर्नुहुन्थो हामीहरूलाई हुर्काउन, बढाउन, पढाउन निकै संघर्ष गरेको निशा भट्टको भनाई छ ।छोरीहरुलाई राम्रो सँग पढाउने र सरकारी जागिरे बनाउने ठुलो सपना थियो । आज त्यो सपना पूरा भएको छ । धेरै धेरै खुसी छु सपना पूरा गर्न म एक्लैले सम्भावना थिएन, पुजा भट्टले भनिन्।

भन्छन् नि जीवनमा एक छाक खाना दिनेभन्दा प्रिय हुन्छ बाटो देखाइदिने मान्छे। यो तिनको जीवनको एउटा सानो उपलब्धि मात्र हो ।यहाँसम्मको बाटो तय गर्दा र यो गन्तव्यसम्म पुग्नका लागि हौसला दिने, साथ दिने सबै–सबैप्रति कृतज्ञता प्रकट गरेका छन् निशा र पुजाले ।

Leave A Reply

Your email address will not be published.