डोटीमा डोजर दुर्घटना, ओभरसियर कलौनी सहित २ जना घाइते

बैतडी-डोटीमा डोजर दुर्घटना हुँदा ओभरसियर कलौनीसहित २ जना घाइते भएका छन्।

जिल्लाको आदर्श गाउँपालिका–१ बाँझमा बागमती प्रदेश ०१–००३ क ९१०३ नम्बरको डोजर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय, डोटीले शुक्रवार डोजर दुर्घटना हुँदा २ जना घाइते भएका बताएको छ।

प्रहरीले चालक सोही ठाउँका ३५ वर्षीय नरेश पार्की र दुदिला कन्स्ट्रक्सनका ओभरसियर बैतडीको शिवनाथ गाउँपालिका–३ का २६ वर्षीय जगदिश कलौनी घाइते भएका बताएको छ।

उनीहरू सवार डोजर दीपायल–सायल भित्र सडक खण्डमा दुर्घटना भएको हो। सडक किनाराको पर्खाल भत्किएर सडक भाँसिएकाले डोजर सडकबाट तल खसेको थियो।

उनीहरूको दुबै खुट्टा र टाउकोमा चोट लागेको छ। स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि रेफर गरिएको छ।

Leave A Reply

Your email address will not be published.