दार्चुला-दार्चुलाको महाकाली नगरपालिका–५, किम्तडी ठण्याकाठामा पहिरो खस्दा शुक्रबार बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा ल्याइएको छ।
शुक्रबार ९फागुन १७० बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोग गरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । सडक खुलाएसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।