दार्चुलाको अपिहिमाल गाउँपालिकामा एकल महिलालाई बाख्रा वितरण

दार्चुला-जिल्लाको अपिहिमाल गाउँपालिकाले एकल महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरेको छ। एकल महिला उपाध्यक्ष कार्यक्रमअन्तर्गत सोमबार वडा नं. ५ र ६ का ११ जना एकल महिलालाई ३५ वटा स्थानीय खरि जातका बाख्रा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष देवकी बोहराले जानकारी दिनुभयो।

उहाँका अनुसार बाख्रा पालनबाट महिलाहरूलाई आयआर्जनमा टेवा पुग्ने र आर्थिक रूपमा आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास गरिएको छ। साथै, गाउँपालिकाले एकल महिला उपाध्यक्ष कार्यक्रम, गर्भवती महिला पोषण कार्यक्रम, राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिलाहरूलाई होमस्टे तालिम तथा अनुदान जस्ता कार्यक्रम पनि सञ्चालन गरिरहेको उपाध्यक्ष बोहराले बताउनुभयो।

पालिकाले स्थानीय महिलाहरूको आर्थिक अवस्था सुधार गर्न तथा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको छ।

Leave A Reply

Your email address will not be published.