मेलौली नगरपालिकामा ७ दिने उधमशिलता विकास तालिम शुरु

बैतडी -शुक्रबारदेखि मेलौली नगरपालिकामा सात दिने उधमशिलता बिकास  सम्बन्धी तालिम सुरु भएको छ । संघिय सरकार लघु घरेलु तथा साना  उद्योग  प्रवर्द्वदन कार्यक्रम मेलौली नगरपालिकाको आयोजनामा  उक्त सात दिने तालिम सुरु भएको लघु उद्यम बिकास शाखा प्रमुख सुरेन्द्र ओडले बताउनुभयो ।मेलौली नगरपालिकाका उप- प्रमुख पार्वती बोहरा बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निमित प्रमुख प्रशासकीय अधिकृत भुवन बाग ,लगायतको उपस्थिति रहेको  रहेको थियो ।
महिला, दलित, र सीमान्तकृत वर्गका नागरिकहरूलाई समेटेर तालिम सञ्चालन भइरहेको छ ।महिलाहरुको समस्या,चुनौती तथा समाधानका विषयमा जानकारी गराई उनीहरूको आयस्तर वृद्धिमा समेत उक्त कार्यक्रमले सहयोग पुर्याउने विश्वास गरिएको छ । तालिममा ४६ जना सहभागीमध्ये ४५ जना महिला छन् । महिलाहरूलाई उद्यमशिलता कार्यक्रमसँग जोडेर आर्थिक उपार्जन हुने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.