मणिलेक कृषि प्रदर्शनी तथा साँस्कृतिक महोत्सब हुदै

मेलौली न्यूज
चैत ०९ बुधबार,२०७८

बैतडी–मेलौलीमा मणिलेक कृषि प्रदर्शनी तथा साँस्कृतिक महोत्सब हुने भएको छ । यहि चैत ११ र १२ गते मेलौली नगरपालीका–०७ मा शिबनाथ कृषक सहकारी सस्था लिमिटेड्को आयोजनामा महोत्सव सञ्चालन हुन लागेको कार्यक्रम संयोजक राजेन्द्र सिंह कार्कीले बताए।

मेलौली नगरपालीका, शिबनाथ गाउपालीका र पञ्चेश्वर गाउपालिको आर्थिक सहयोगमा मेलौली नगरपालीका–०७ को खेल मैदानमा महोत्सब सञ्चालन हुने कार्यक्रम संयोजक कार्कीले बताए ।

कृषि पर्यटन प्रबर्दन गर्ने, भाषा संस्कृति, रितिरिवाजको सरक्षण गर्ने र स्थानिय गाउ ठाउमा लुकेका प्रतिभाहरु बाहिर ल्याउने उदेश्यका साथ महोत्सबको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

महोत्सबमा चर्चित लोक तथा देउडा गायक भोजराज भट्ट, गोपाल दयाल, लोकेन्द्र बहादुर चन्द (एल बि), जयराज भट्ट, बिर धनाडि स्वराडि, मनोहर परियार, दिपक बिष्ट, अजय महता, गायिका प्राप्ती भट्ट, पुष्पा बोहरा, हास्य कलाकार नरेन्द्र प्रशाद जोशि (हगुल्डो), स्थायिन हास्य कलाकार बिरुवा राम लोहार, मोडल झर्ना बोहरा लगायत स्थानिय प्रस्तुतिहरु रहने छन ।

महोत्सब नि:शुल्क रुपमा हेर्न सकिने आयोजक समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.