मेलौली न्यूज
चैत १४ सोमबार,२०७८
बैतडी–स्वास्थ्यकर्मी मुकेश कान्त दयालले आफ्नो जन्मदिनको अवशरमा शैक्षिक सामग्री वितरण गरेका छन । मेलौली नगरपालि–०१ स्थित जनचेतना आधारभुत विद्यालय गगांपुरका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको छ ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका निमित्त कार्यालय प्रमुख दयालले आफ्नो जन्म दिनको अवसर पारेर गरिब जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयमा आएर शैक्षिक सामाग्री वितरण गरेको विद्यालयका प्रधनाध्यापक वीर सिंह नायकले बताए ।
जन्मदिनको नाममा विभिन्न भोजहरु गरि फजुल खर्च गर्ने परम्परा हाबी भएको र त्यो हाम्रो परम्परा नभएको भन्दै आफ्नो सानो सहयोगले विद्यार्थीहरुलाइ प्रेरणा सङ्गै सहयोग मिलोस भन्ने उदेश्यका साथ शैक्षिक सामाग्री वितरण गरेको दयालको भनाइ रहेको छ ।
स्वास्थ्यकर्मी दयालले सोमबारबाट ३१ बर्ष पुरा गरि ३२ बर्षमा प्रबेश गरेका छन ।