शिबनाथको कृष्ण आधारभुत विद्यालय तीन तारे घोषणा

दिपक राज दिर्घायु
चैत १४ सोमबार,२०७८

बैतडी–शिबनाथको कृष्ण आधारभुत विद्यालय तीन तारे घोषणा भएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीका मापदण्डहरु पूरा गरेर शिबनाथ गाउँपालिका–६ कानली स्थित कृष्ण आधारभुत विद्यालय तीन तारे बिद्यालय सुनिश्चितता घोषणा भएको हो ।

तीन तारे विद्यलाय हाम्रो शान, विद्यार्थी शिक्षक र अभिभावक सबैको स्वाभिमान भन्ने नाराका साथ बिद्यालय तिन तारे घोषण भएको हो ।

शिवनाथ गाउँपालिका र ग्रामिण जलस्रोत परियोजना बैतडीको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको बिद्यालयका प्रधानाध्यापक जानकि चन्दले बताए । उनका अनुसार खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी १० वटा सूचक पूरा गरेर विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो ।

विद्यालयमा खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था दिगोपन, विपद् जोखिम व्यवस्थापन प्रर्बद्धन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायतका मापदण्डहरू पूरा गरेपछि विद्यालयलाई तीन तारे सुनिश्चिता घोषणा ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका जलश्रोत अधिकृत हर्ष राज भट्टले बताए ।

बिद्यायल ब्यवस्थापन समिति अध्यक्ष शकंर बहादुर चन्दको सभाध्यक्षमा सञ्चालन भएको कार्यक्रममा शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिह साउद प्रमुख अतिथि रहनु भएको थियो। यसैगरि गाउपालीका उपाध्यक्ष कुस्मा चन्द र वडा अध्यक्ष धर्म सिह सुतार विशिष्ट आतिथि रहनु भएको थियो ।

कार्यक्रममा शिक्षक, बिद्यार्थी, अभिभावक, सञ्चारकर्मी, राजनितिक दलका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी लगायत सर्वसाधारण नागरिकरुहको सहभागिता रहेको थियो।

साथै तीन तारे बिद्यालय घोषणा कार्यक्रमको सामुदायिक रेडियो मेलौली एफ एमले दिनभर प्रत्यक्ष प्रशारण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.