बैतडीको सिगासमा विपन्न वर्गलाई बाख्रा वितरण

बैतडीको सिगास गाउँपालिका–८ मा गरिब, विपन्न, दलित तथा एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ। बुधबार विपन्न वर्गका लागि जिविकोपार्जन कार्यक्रम अन्तर्गत भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा वितरण गरेको हो।

वडाले छनोट गरेर पठाएका १८ जना विपन्न, दलित, एकल महिला, अपाङग्ता भएका व्यक्तिलाई खरी जातका बाख्रा वितरण गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिए। ३ लाख ५० हजार भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान र बाँकी ५८ हजार समुहको लगानीमा बाख्रा खरिद गरिएको बितरण गरिएको हो।

यस कार्यक्रमले उनीहरुलाई गरिब, बिपन्न, दलित र एकल महिलालाई जिविकोपार्जनमा सहज हुने बताइएको छ। उक्त समुहमा उन्नत जातको बोका पनि वितरण गरिएको सिगास गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत नायब पशु सेवा प्राविधिक दिपेन्द्र कुमार ऐरले जानकारी दिए।

चालू आर्थिक वर्षमा ‘विपन्न वर्गका लागि जिविकोपार्जन कार्यक्रम’ जिल्लाको शिवनाथ गाउँपालिका बाहेकका प्रत्येक पालिकामा सञ्चालन रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीले जनाएको  ।

Leave A Reply

Your email address will not be published.