राजुल आधारभुत स्वास्थ्य केन्द्रले हप्ताको ६ दिन भिडियो एक्सरे सेवा दिदैं

बैतडी : डडेल्धुराको अजयमेरु गाउँपालिका–०६ मा रहेको राजुल आधारभुत स्वास्थ्य केन्द्रले हप्ताको ६ दिन (शनिवार बाहेक) भिडियो एक्सरे सेवा दिने थालेको छ। गर्भवती महिलाहरुको सहजताको लागि यो सेवा दिन सुरु गरिएको आधारभुत स्वास्थ्य केन्द्र प्रमुख भुवन पन्तले बताउनुभयो।

गर्भमा रहेको शिशु र आमाको स्वास्थ्य अवस्थाबारे बेला-बेलामा जानकारी लिनुपर्ने भएकाले शनिवार बाहेक सबैदिन सेवा दिईने जनाईएको छ। भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुने भएकाले सेवा लिन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

गर्भवतीको गर्भमा रहेका बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले सेवा दिन थालिएको आधारभुत स्वास्थ्य केन्द्र प्रमुख पन्तले बताउनुभयो। वडा भित्रका मात्र नभएर अन्यले पनि सेवा लिन सक्ने उहाँले बताउनुभयो।

यसैगरी आर्थीक वर्ष २०८१/०८२ को श्रावण महिनादेखी हालसम्म राजुल आधारभुत स्वास्थ्य केन्द्रबाट ५५ जना महिलाहरुले भिडियो एक्सरे सेवा लिएका छन। मेलौली नगरपालिका–०१ का ४ जना, अजयमेरु गाउँपालिका–५ बाट ५ जना र ४६ जना वडाभित्रका गर्भवती महिलाहरुले सेवा लिनुभएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.