बैतडीको दोगडाकेदार–१ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर एकलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ।

वडाले पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै सूचक पूरा गरेपछि शुक्रवार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए।

यो संगै दोगडाकेदार गाउँपालिकाका सातओटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेका स्वास्थ्य शाखा प्रमुख नाथले बताए। वडा नम्बर २ मात्रै पूर्ण संस्थागत सुत्केरी घोषणा हुन बाँकी रहेको र यो महिनामात्रै उक्त वडालाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने उनले बताए।

वडा नम्बर १ भित्र रहेका सबै गर्भवती आमाहरुले नेपाल सरकारको प्रोटोकल अनुसार गर्भजाँच गराएको, सबै आमाहरुमा स्वास्थ्य संस्थामै सुत्केरी भएको, गर्भवती तथा सुत्केरी आमाहरुले आइरन चक्की सेवन गरेको, गर्भवती आमाहरुले टिडी खोप लगाएको, गर्भवती आमाहरुले तीन पटक अल्ट्रासाउण्ड गरेको, आमाहरुले सुत्केरी भएपछि स्वास्थ्य जाँच गरेको लगायतका सूचकहरु पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको नाथले बताए।

Leave A Reply

Your email address will not be published.