बैतडी–नेकपा एमाले बैतडीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरण सभा गर्ने भएको छ ।
सोमबार जिल्ला सदरमुकाममा जागरण सभा गर्ने तयारी भएको एमाले बैतडीका अध्यक्ष नरेश विकले बताउनुभयो । गोठलापानीबाट र्याली निकालेर गढीमा सभा गर्ने तयारी भएको उनले बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध विभिन्न षडयन्त्रहरु भइरहेकाले त्यस्ता षडयन्त्रहरुलाई चिर्नका लागि जागरण सभा गरिने अध्यक्ष विकले बताउनुभयो ।
सभामा सहभागिताका लागि एमाले सम्वद्ध सबै र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई आग्रह गरिएको उनले बताउनुभयो ।