जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता वैशाख ३ देखि पुर्चौडीमा हुने

बैतडी –बैतडीमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख ३ गतदेखि पुर्चौडी नगरपालिकामा हुने भएको छ ।

प्रतियोगिता वैशाख ३ देखि ५ गतेसम्म पुर्चौडीको विशाल पार्क खेलमैदानमा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहहरुको सहभागिता रहनेछ ।
पालिकास्तरबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताउनुभयो।

स्थानीय तहहरुमा रहेका माध्यमिक विद्यालयहरुमा अध्ययनरत १८ बर्षमुनिका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरु खेलाइनेछन् ।

एक खेलाडीले एक विधामा मात्र भाग लिन पाउने जनाएको छ । जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय रनिङ्ग शिल्डका लागि छनौट हुनेछन् ।

गत वर्ष मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो ।

Leave A Reply

Your email address will not be published.