पाटनका तीन स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी-बैतडीको पाटन नगरपालिकाका तीन वटा स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ ।

पाटन प्राथमिक स्वास्थ्य केन्द्र, बसन्तपुर स्वास्थ्य चौकी र सिद्धेस्वर स्वास्थ्य चौकी खोडपेमा महिलाहरुका लागि निस्शुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महराले जानकारी दिनुभयो ।

नेपाल मेड जर्मनी तथा पाटन नगरपालिकाको सहकार्यमा महिलाहरुका लागि तीन वटै स्वास्थ्य संस्थाहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने उहाँले बताउनुभयो।

नगरपालिकाको वडा नम्बर ६ मा रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा यही चैत्र २२ गते, वडा नम्बर ८ को सिद्धेस्वर स्वास्थ्य चौकी खोडपेमा २३ गते र वडा नम्बर ५को बसन्तपुर स्वास्थ्य चौकीमा २४ गते निशुल्क प्रजनन स्वास्थ्य शिविरको सञ्चालन हुने भएको हो ।

प्रजनन स्वास्थ्य संग सम्बन्धीत समस्यहरु गर्भ नरहने वा पटक पटक तुहिने, महिनावारी हुदा औधी पेट दुख्ने वा धेरै पटक रगत बहने, पिसाव गर्दा दुख्ने वा पोल्ने लगायतका रोगको चेकजाँच, उपचार तथा परामर्श प्रदान गरिने सिद्धेश्वर स्वास्थ्य चौकीका सिनियर अहेब जयराज भट्टले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सर सम्बन्धी चेकजाँच पनि गरिने बताइएको छ ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर निता तिमिल्सना र रेजिना खड्काले सेवा दिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.