पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बिष्ट हाजिर

बैतडी–बैतडीको पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नारायणबहादुर बिष्टलाई खटाईएको छ । प्युठानको झिमरुक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत बिष्टलाई पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पाटनको प्रमुख प्रशासकीय अधिकृतमा खटाएका सुवास पौडेल हाजिर नहुँदै सरुवा भएपछि बिष्टलाई पाटनमा खटाएको पत्र प्राप्त भएको कार्यवाहक नगर प्रमुख हरिश बिष्टले जानकारी दिनुभयो ।

पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीको सरुवा भएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो ।

Leave A Reply

Your email address will not be published.