मणिलेक क्याम्पसको स्ववियु निर्वाचनमा मतदाता परिचयपत्र कुन-कुन कागजपत्रलाई मान्ने?

बैतडी : मेलौलीमा रहेको मणिलेक बहुमुखी क्याम्पसमा यहि चैत्र २७ गते स्ववियु निर्वाचन हुदै छ। निर्वाचनमा नेविसघं, अनेरास्ववियु र अखिल क्रान्तिकारी गरेर तिन संगठन चुनावी मैदानमा रहेका छन।

क्याम्पसले सोमवार एक सुचना जारी गर्दै मतदाता परिचयपत्रका बारेमा जानकारी गराएको छ। स्ववियु निर्वाचनमा मतदान गर्न क्याम्पसद्धारा प्रकासित मतदाता सुचिमा नाम भएका मतदाताहरुको कुन-कुन कागजपत्रलाई मतदाता परिचयपत्र मान्ने भनेर जानकारी गराएको हो।

स्ववियु निर्वाचनमा मतदान गर्न क्याम्पसद्धारा प्रदान गरिएको विद्यार्थी परिचयपत्रलाई मतदाता परिचयपत्र मानिने निर्वाचन अधिकृत भवानीसिह नायकले बताउनुभयो। यसैगरी नियमित तर्फ परिक्षा दिएको अन्तिम परिक्षाको प्रवेसपत्र (तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीको हकमा दोस्रो सेमेष्टरको, पाँचौको हकमा चौंथोको, छैंटौको हकमा पाँचौंको, आठौँको हकमा सातौंको प्रवेसपत्र) र नेपाल सरकारद्धारा जारी गरिएको फोटोसहितको परिचय खुलाउने कागजपत्रलाई मतदाता परिचयपत्र मानिने निर्वाचन अधिकृत नायकले बताउनुभयो।

स्ववियु सभापतिको लागि नेपाल विद्यार्थी सघं (नेविसघं) का तर्फबाट मनोज दत्त ओझा, अनेरास्ववियुबाट सरोज भट्ट र अखिल (क्रान्तिकारी) का तर्फबाट कल्पना भट्ट प्यानसहित सभापति पदका लागि चुनावि मैदानमा उत्रिएका छन। मणिलेक बहुमुखि क्याम्पसमा १२५ जना मतदाता रहेका छन।

क्याम्पसले स्ववियु निर्वाचनका लागि दुईदिन पठन–पाठन बन्द गर्ने निणर्य पनि गरेको छ। यहि चैत्र २६ र २७ गतेका दिन निर्वाचनको पूर्व तयारी र निर्वाचनको लागि पठनपाठन बन्द हुने क्याम्पस प्रमुख भगिरथ सिह नेगीले बताउनुभयो।

 

May be an image of ticket stub and text

Leave A Reply

Your email address will not be published.