बैतडी : नेपाली कांग्रेस मेलौली नगरपालिका–०५ को वडा कार्य समितिले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। नयाँ वर्ष २०८२ सालको शुभकामना आदान–आदान कार्यक्रम सम्पन्न भएको वडा सभापति प्रेम बहादुर चन्दले बताउनुभयो।
वडा सभापति चन्दको अध्यक्षता तथा नेपाली कांग्रेस प्रदेश सभा (ख) का सदस्य लक्ष्मण दत्त पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको जनाईएको छ। यसैगरी वडासदस्य गोरख सिह साउद, नेपाल महिला सघं, नेपाल दलित सघं, नेपाल किसान माहासघं लगायतका भातृ संगठनका पदाधिकारी सहभागि भएका थिए।
कार्यक्रमलाई नेपाल किसान माहासघंका केन्द्रिय सदस्य राजेश कुमार जोशीले सञ्चालन गर्नुभएको थियो।