बैतडीको शिवनाथमा चितुवा आक्रमणबाट एक महिला घाइते

बैतडीको तल्लोस्वराडमा चितुवाले मानिसमाथि आक्रमण गर्ने क्रम रोकिएको छैन्। आज शिवनाथ गाउँपालिका १ मटेलाकी ३० वर्षीया विन्दरा साउँदमाथि चितुवाले आक्रमण गरेको छ।

बाख्रा चराउन स्थानीय जंगलमा गएका बेला आज दिउँसो १ बजे चितुवाले विन्दरामाथि आक्रमण गरेको स्थानीय दशरथ चाँडले बताउनुभयो। चितुवाले पहिला बाख्रामाथि आक्रमण गरेको र त्यसपछि विन्दारामाथि आक्रमण गरेको हो।

आक्रमणलगत्तै संगै रहेका अन्य गोठलाहरुले होहल्ला गरेपछि चितुवा भागेको थियो। आक्रमणबाट घाइते विन्दराको टाउको, मुख र गर्धनमा घाउ रहेको छ। घाइते विन्दरालाई उपचारको लागी भारतको लुवाघाट लगिएको छ।

चितुवाले मानिसमाथि आक्रमण गरेपछि उक्त क्षेत्रका स्थानीय बासिन्दा त्रसित भएका छन्। यसअघि गत फागुन १२ गते पनि बाख्रा चराउन गएका बेला मेलौली नगरपालिका ३ कुजिगाडका ३८ वर्षीय गणेश सिंह भाटलाई पनि चितुवाले आक्रमण गरेको थियो।

Leave A Reply

Your email address will not be published.