बैतडी : भरुवा बन्दुकसहित बैतडी प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका २ दाडीमगडाका ५५ वर्षीय राज बहादुर बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो। प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा स्थानीय दल्ला भन्ने ठाउँबाट पक्राउ गरेको हो।
रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा देखेपछि शंकास्पद गतिविधि संलग्न हुनसक्ने भन्दै बोहरालाई पक्राउ गरिएको प्रवक्ता पाण्डेयले बताउनुभयो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।