बैतडी : मणिलेक बहुमुखी क्याम्पसको स्ववियु सभापति पदका लागि तिनजना मैदानमा उत्रिएका छन। नेपाल बिद्यार्थी सघं (नेबिसघं) को तर्फबाट मनोज दत्त ओझा, अनेरास्ववियुका तर्फबाट सरोज भट्ट र अखिल (क्रान्तिकारी) का तर्फबाट कल्पना भट्ट चुनाबि मैदानमा उत्रिएका छन।
स्ववियु सभापतिका लागि प्यानल सहित चुनावि मैदानमा होमिएका तिनैजना आफ्नो जित पक्का भएको दावि गर्दै आईरहेका छन। आफु स्ववियु सभापतिमा निर्बाचित भएपछि क्याम्पसमा गुणस्तरिय र स्वारोजगार मुलक शिक्षाको लागि पहल गर्ने नेबिसघंको तर्फबाट उम्मेदवार बनेका ओझाले प्रतिबद्धता गरेका छन।
यसैगरि क्याम्पस र विद्यार्थीको चैतर्फि विकासका लागि आफ्नो उम्मेदवारी रहेको अनेरास्ववियुका तर्फबाट उम्मेदवार बनेका भट्टको भनाई रहेको छ। यता अखिल (क्रान्तिकारी) का तर्फबाट उम्मेदवार बनेकी भट्टले भने क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको समस्या समाधानमा भुमिका खेल्ने र ब्यक्तित्व विकाससंगै आवाज बिहिन विद्यार्थीको आवाज बन्ने उदेश्यले आफ्नो उम्मेदवारी रहेको बताउनुभयो।
मणिलेक क्याम्पसमा यो भन्दा पहिला पनि नेविसघंले जित दर्ता गरेकाले र आफुमा पनि विद्यार्थीको हकहितका लागि बोल्ने क्षमतासगै बिभिन्न नियकासगं समन्वय गर्नसक्ने भएकाले आफ्नो जित सुरक्षित रहेको ओझाले बताएका छन। आफु निर्वाचित भएपश्चात क्याम्पसमा आईसिटी कक्षा सञ्चालन गर्ने, स्मार्ट बोर्ड सञ्चालन, क्याम्पसमा पानिको व्यवस्था गर्ने, योगको बारेमा अन्तक्रिया, ६ महिना भित्रै स्ववियु कप सञ्चाल गराउने, गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र उचित शुल्कको व्यवस्था गर्ने लगायतका एजेण्डा रहेको बताउनुभयो।
अनेरास्वबियुका तर्फबाट उम्मेदवार बनेका भट्टले क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीहरुसगं आफ्नो राम्रो सम्बन्ध भएकाले पनि स्ववियु सभापतिमा आफु नै निर्बाचित हुनेमा ढुक्क छन। आफु क्याम्पसमा अध्ययन गरिरहदा बिभिन्न समस्याहरु देखेको ति समस्याहरु समाधान गर्नसक्ने बताउदै आईरहेका छन। क्याम्पसमा भएको खानेपानिको समस्या, शौचालयको समस्या र खेलकुद ग्राउण्ड लगायतका आधारभुत समस्या समाधानको लागि आफ्नो उम्मेदवारी रहेका बताएका छन। विगतका दिनमा नेविसघंले जितेर क्याम्पसमा केहि नगरेको र नेविसघं नेतृत्व स्ववियुले एउटा बैठक समेत नराखेको अवस्थामा यो पालि आफ्नो जित सुरक्षित भएको दावि गरेका छन।
यसैगरी अखिल (क्रान्तिकारी) का तर्फबाट उम्मेदवार बनेकी भट्टले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमा छात्राहरुको सख्या करिव ९० प्रतिसत भएकाले पनि आफ्नो जित पक्का भएको बताउदै आएकी छन। क्याम्पसका आधारभुत समस्या र बिशेष गरी क्याम्पसमा अध्ययनरत छात्रा तथा महिलाहरुका समस्या आफुले बढि बुझेकाले सबैले मत दिनेको बिश्वस्त भएको बताउनुभयो।
स्ववियु सभापतिका लागि उम्मेदवार बनेको तिनै जनाले सम्रग क्याम्पस र विद्यार्थीको हक हितका लागि काम गर्ने बताउदै आईरहेका छन। अहिले तिनै पक्षका उम्मेदवार आ–आफ्नो तयारिमा जुटेका छन। मणिलेक बहुमुखि क्याम्पसको स्वबियु निर्बाचनमा १२५ जना मतदाता रहेका छन।
स्ववियु चुनाव भोली हुदैँ छ। बिहान ८ बजेदेखी दिउसो २ बजेसम्म मतदानको समय रहेको छ।