बैतडीको शिवनाथमा दुई दिने निशुल्क आँखा शिविर सञ्चालन हुने

बैतडीको शिवनाथ गाउँपालिकामा दुई दिने निशुल्क बृहत आँखा शिविर सञ्चालन भएको छ। शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महताले बताए।

अगाडी बैशाख १२ र १३ गते गाउँपालिकाको केन्द्र सुल्लेखानमा शिविर सञ्चालन हुने जनाएको छ। आँखा परीक्षण तथा परामर्श सेवा, आँखाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया, गरिने भएकाले आँखाको समस्या भएका नागरिकलाई शिविरमा आएर सेवा लिन गाउँपालिका अध्यक्ष कर्णसिह साउँदले आग्रह गरेका छन्।

आँखाको समस्या भएका नागरिकलाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष साउँदले जानकारी दिए। ग्रामीण क्षेत्रमा आँखाको समस्या भएका धेरै नागरिक भएका र उनीहरुलाई उपचारको दायरमा ल्याउन शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महताले बताए।

गाउँपालिकाले हरेक बर्ष शिविर मार्फत नागरिकलाई घरनजिकै सेवा दिदै आएको छ।

Leave A Reply

Your email address will not be published.