बैतडी : मेलौली नगरपालिका–०७ पचकोरा बुनल्याकी खुर्पा रावतको उपचारमा आर्थीक समस्या भएको छ। दुईटै मृगौला पिडित रावतको उपचारमा चरम आर्थीक समस्या भएको श्रीमान शेरसिह रावतले बताउनुभयो।
भारतको गुजरात अहमदाबाद स्थित शिविल हस्पिटलमामा उपचार गराईरहेका रावतको उपचारमा आर्थीक समस्या भएका कारण सहयोग गरिदिन पारिवारीक श्रोतले अपिल गरेको छ। सानोतिनो समस्या पहिलादेखी नै भएको र विगत दुई महिनादेखी अत्याधिक समस्या भएपछि उपचारको लागि भारत लगिएको आफन्त दानसिह रावतले बताउनुभयो।
हस्पिटलमा दुईटै मृगौला फेल बताएपछि परिवार चिन्तामा रहेको छ। हालसम्म करिव ३ लाखँ खर्च भईसकेको र अबको उपचारमा ७–८ लाखँ जति खर्च लाग्ने हस्पिटलको जानकारी दिएको छ।
घरको आर्थीक अवस्था निकै कमजोर भएका कारण भएजतिको रुपैया सकिएको र अबको उपचारमा चरम आर्थीक समस्या भएकाले सहयोग गरिदिन परिवारले आग्रह गरेको छ। सानो सानो सहयोग गरेर भएपनि आफ्नो श्रीमतीको ज्यान बचाईदीन उनका श्रीमानले आग्रह गरेका छन।
रावतको उपचारको लागि आर्थिक संकलन अभियान समेत सञ्चालन गरिएको छ। समाजिक सञ्जाल फेसबुक मार्फत आर्थीक संकलन अभियान सञ्चालन गरिएको छ।
सहयोग गर्नका लागि
सम्पर्क व्यक्ति इश्वर सिंह रावत (पचकोरा दमखोला) +977 9848777096 (PHONE PAY AVAILABLE ) बैंक : कुमारी बैंक लिमिटेड खाता नम्बर : 2710208721400001 2
राजेन्द्र सिंह कार्की (पचकोरा सेला थ्वा) +977 9868778898 कुमारी बैंक लिमिटेड खातानम्बर:2710198459500001

भारतका लागि
