बैतडी : बैतडीको शिवनाथमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
सुधारौ सोंच, संस्कार र व्यवहार नियन्त्रण हुन्छ भ्रष्टचार भन्ने नाराका साथ गाउँपालिकाको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र महताले बताउनुभयो। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिचय, नेपालको संविधानमा भ्रष्टाचार नियन्त्रण गर्ने कानुन र भ्रष्टचार नियन्त्रण सम्बन्धि संवैधानीक तथा कानुनी व्यवस्था लगाएतका बारेमा जानकारी गरिएको थियो।
कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सह–सचिव वेद प्रसाद भण्डारीको अध्यक्षतामा सञ्चालन गरिएको छ। यसैगरी गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद प्रमुख अतिथि र प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र महता बिशिष्ट अतिथि रहनु भएको थियो।
कार्यक्रमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका उपसचिव लक्ष्मी प्रसाद जोशीले प्रस्तुतिकरण गर्नुभएको हो। कार्यक्रममा करिब ७० जना सहभागि थिए।