प्रमुख प्रशासकिय अधिकृत पार्कीको बाजागाजा सहित विदाई

बैतडी : पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश पार्कीको विदाई गरिएको छ। बुधबार बाजागाजासहित भव्य विदाई गरिएको पोषण सहजकर्ता नारायण राम सार्किले जानकारी दिनुभयो।

असोज ६ गते गाउँपालिकामा हाजिर भएका पार्कीले करिब साढे ६ महिना सेवा दिएका छन। गाउँपालिका उपाध्यक्ष, प्रवक्ता, वडाअध्यक्षहरु, वडासचिवहरु लगायत कर्मचारीहरुले मायाको चिनो प्रदान गरि बिदाई गरेका थिए।

Leave A Reply

Your email address will not be published.