बैतडीमा तीन दिनदेखी बेपत्ता वृद्ध मृत फेला

बैतडीमा तीनदिन अगाडीदेखि बेपत्ता रहेका एक वृद्ध बिहीबार मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका १० चौडका ७८ वर्षीय धर्मानन्द भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।

भट्ट स्थानीय लच्छा खोलामा बिहीबार साढे १० बजे मृत अवस्थामा फेला परेका प्रवक्ता पाण्डेयले बताउनुभयो। चैत २६ गतेदेखि बेपत्ता रहेका बृद्ध खोजतलास गर्दै जादा खोलामा मृत भेट्टिएका हुन्।

भट्टको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मृतक भट्टको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.