बैतडी: पञ्चेश्वर गाउँपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ। विहीबार गाउँपालिकाले एक सुचना जारी गर्दै नतिजा सार्वजनीक गरेको हो।
पालिकाभरीका १७ विद्यालय सहभागि परिक्षामा ४९७ जना विद्यार्थीले परिक्षा दिएका थिए। गाउँपालिकाका शिक्षा अधिकृत माहामल सिंह घटालका अनुसार १४७ उत्तिर्ण अर्थात कक्षा ९ मा भर्ना हुन योग्य भएका छन।
यसैगरी १९६ जना विद्यार्थीले मौका परिक्षा दिन पाउने शिक्षा अधिकृत घटालले जानकारी दिनुभयो। गत वर्ष ५ विद्यालयको नतिजा शुन्य आएको भएपनि यस वर्ष भने कुनैपनि विद्यालयको नतिजा शुल्य आएको छैन।
गाउँपालिकामै पञ्चेश्वर गाउँपालिका–०४ निङ्लाडमा रहेको रायपुर आधारभुत विद्यालयको नतिजा उत्कृष्ट आएको शिक्षक धर्मेन्द्र ओड्ले बताउनुभयो। १५ जना सहभागि परिक्षामा १२ जना विद्यार्थी उत्तिर्ण अर्थात ८० प्रतिसत नतिजा आएको विद्यालयका शिक्षक पुष्कल कोलीले बताउनुभयो। ३ जना भने मौका परिक्षामा परेका छन।
यसैगरी पालिका प्रथम र दित्तीय पनि रायपुरकै विद्यार्थी भएका छन। ३.७४ जिपिए ल्याएर श्रवण चन्द प्रथम र ३.६२ जिपिए ल्याएर सपना कोली दित्तीय हुनुभएको प्रधानाध्यापक भरत बहादुर चन्दले बताउनुभयो। पालिका तृतीय भने जयपुर माध्यमिक विद्यालयका विद्यार्थी भएका छन।
उनले ३.५४ जिपिए ल्याएका छन।