डडेल्धुराको अजयमेरु गाउँपालिका अध्यक्ष भट्ट सम्मानीत

डडेल्धुराको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्ट (विकास) लाइ सम्मान गरेको छ।

गाउँपालिकाले खेलकुद क्षेत्रमा उत्कृष्ट लगानी गरेको भन्दै गाउँपालिका अध्यक्ष भट्टलाई सुदूरपश्चिम प्रदेश कराते महासंघले धनगढीमा सम्मान गरेको महासंघका अध्यक्ष त्रिलोक्य नाथ पाण्डेयले बताए। गाउँपालिकाले वडा-वडामा खेलकुद प्रशिक्षक नियुक्त गरेर खेलकुद क्षेत्रमा पुत्याएको योगदानको उचित मुल्यांकन गर्दै प्रथम सुप प्रदेश कराते प्रतियोगिता २०८१ को उद्घारटन सत्रमा सम्मान गरिएको अध्यक्ष पाण्डेयले बताए।

सुदूरपश्चिम प्रदेश कराते महासंघले धनगढीमा तीन दिने प्रदेशस्तरिय कराते प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसहित सुदूरपश्चिमका नौवटै जिल्लाबाट सहभागी ७ सय खेलाडी तथा प्रशिक्षक र निर्णायकसहित झण्डै ८ सय जनाको उपस्थिति रहेको प्रतियोगिता थियो।

समारोहमा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कराते खेलाडी ललित खत्रीलाई उत्कृष्ट पुरुष खेलाडी र अन्तर्राष्ट्रिय कराते खेलाडी वर्षा साउँदलाई उत्कृष्ट महिला खेलाडी घोषित गरिएको छ। त्यस्तै, बबरजङ्ग शाहीलाई उत्कृष्ट स्वयंसेवक प्रशिक्षकको रूपमा सम्मान गरिएको थियो भने कर्णबहादुर चन्दलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।

चारै जना सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

Leave A Reply

Your email address will not be published.