बैतडी : डडेल्धुराको भागेश्वर गाउँपालिकाले दलित समुदायका लागि गर्दै आएका योजना तथा क्रियाकलापहरुको समीक्षा गर्दै आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बिषयमा सुझाव संकल नगरेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि लक्षित वर्ग कार्यक्रम अन्र्तगत गाउँकार्यपालिकाको कार्यलायले ५ वटै सशक्तिकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरि सुझाव संकलन गरेको हो।

कार्यक्रम मार्फत दलितहरुका समस्या बुझ्ने, नीतिगत ब्यवस्था र स्थानीय सरकार मार्फत भईरहेका कामहरुको बिषयमा जानकारी जानकारी गराउने र दलित समुदायको उत्थानका सम्भावनाबारे स्थानीय जनप्रतिनीधि र दलित अगुवाहरुको बुझाई बढाउने जनाईएको छ। यसैगरी दलित समुदाय उत्थानका लागि सामुहिक लाभका योजना निर्माणको प्रयास गर्ने र दलित समुदायको अधिकार सम्बोधन हुनेगरि अगामी नीति तथा कार्यक्रमका बिषय पहिचान गर्ने समेत यो कार्यक्रमको उद्देश्य रहेको थियो।

सुझाव आदानप्रदान तथा क्षमता बिकासका प्रक्रियामा अधिकतम् नागरिकहरुको सहभागिता रहोस भन्ने हेतुले वडा नं. १ को कार्यालय चमालेक, वडा नं. २ को कार्यालय रुपाल, वडा नं. ३ को कार्यालय बोगटा, वडा नं. ४ को कार्यालय बगरकोट र वडा नं. ५ को कार्यालय सिराडमा कार्यक्रम आयोजना गरिएको सामुदायिक रुपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरी राम लोहारले जानकारी दिनुभयो।

भागेश्वर गाउँपालिका अध्यक्षश्री हेमराज चटौतको समेत सक्रियता रहेको यस कार्यक्रमको अगुवाई कार्यपालिका सदस्य रमेश राम लुहारले गर्नु भएको थियो भने ब्यवस्थापकीय जिम्मेवारी गाउँपालिका कार्यालयका कम्प्युटर अपरेटर चेतराज भट्टले निर्वाह गर्नु भएको थियो। कार्यक्रम समन्वय, ब्यवस्थापनमा ५ वटै वडाका वडाअध्यक्षबाट गरिएको थियो भने कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु र वडाकार्यालयमा कार्यरत कर्मचारीहरुको पनि महत्वपूर्ण भूमिका र सहभागिता रहेको थियो।

अभिमुखीकरणको क्रममाद लित समुदायका समस्या, सामुहिक लाभका सम्भावित योजना, दलितहरुको पक्षमा भएका कानुनी ब्यवस्था, संरचनागत अवसर, तीन तहका सरकारले गर्न सक्ने क्रियाकलाप, स्थानीय सरकारको भूमिका र दलित समुदाय आफैले गर्नुपर्ने कामहरुको बिषयमा प्रशिक्षण भएको थियो। प्रशिक्षणको सहजीकरण सामुदायिक रुपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरी राम लोहारले गर्नु भएको थियो।

कार्यक्रममा १६८ जनाको सहभागिता रहेको थियो।
