१५ औं जिल्ला स्तरीय रनिङ शिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने

बैतडीको पुर्चौडी नगरपालिका स्थित कमलविशाल पार्कमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन मन्त्री भण्डारीले गर्ने भएका छन्। १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने जिल्ला खेलकूद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिनुभयो।

भोलि बुधबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकूद विकास समिति अध्यक्ष भण्डारीले बताए। मन्त्री भण्डारी संगै सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधर मन्त्री सुरेन्द्र पाल, सुदुरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम र १० वटै पालिकाका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहने जिल्ला खेलकूद विकास समिति अध्यक्ष भण्डारीले बताए।

भोलि विहान ६ बजे देखि नै खेलहरु संचालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। गत बर्ष मेलौलीमा सम्पन्न प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो।

Leave A Reply

Your email address will not be published.