बैतडी-बैतडीको मेलौली नगरपालिकास्थित मणिलेक बहुमुखी क्याम्पसको नवनिर्मित भवन शुक्रबार उद्घाटन भएको छ ।सुदुरपश्चिम विश्व बिद्यालयको भौतिक अनुदान सहयोगमा ठेक्का मार्फत भवन निर्माण भएको हो ।
सुदुरपश्चिम् विश्वबिद्यायका उपकुलपती प्राध्यापक डाक्टर हेमराज पन्त र रजिष्टार प्राध्यापक यज्ञराज पाठकले अनलाईन माध्यम बाट भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उपकुलपतिले भौतिक, शैक्षिक विकासको लागि विश्वविद्यालयले प्राथमिकता दिएर सहयोग सधैँ गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
साथै आगामी दिनहरूमा क्याम्पसको बृहत्तर विकासको लागि क्याम्पसले सबैसंग हातेमालो गरेर अघिबढ्ने हुनाले सबै सरोकारवालाहरुलाई सहयोगको लागि क्याम्पस प्रमुख भगीरथ सिंह नेगीले आग्रह गर्नुभयो।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, क्याम्पस , प्राध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थी सहभागी थिए ।