बैतडी- शिक्षकहरुको आन्दोलनका कारण बैतडीको दोगडाकेदार गाउँपालिकाले परिक्षा स्थगित गरेको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै यही वैशाख १२ गतेदेखि हुने भनिएको आधारभुत तह कक्षा ५ र ८ को ग्रेडवृद्धि परिक्षा शिक्षकहरुको आन्दोलनका कारण स्थगित गरिएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीद्वारा जारी सूचनामा भनिएको छ,‘ शैक्षिक सत्र २०८१ को आधारभुत तह९कक्षा ५ र ८० को ग्रेडवृद्धि परिक्षा २०८१र०१र१२ गतेदेखि सञ्चालन गर्ने भनी सूचना प्रकाशित गरिएकोमा शिक्षक महासंघको आन्दोलनका कारण उक्त परिक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ ।’
वैशाख १२ गतेदेखि हुने भनिएको ग्रेडवृद्धि परिक्षा अनिश्चितकालका लागि स्थगित भएपछि विद्यार्थी चिन्तामा परेका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै देशभरका शिक्षकहरूले काठमाडौंमा १९ दिनदेखि अनिश्चितकालिन सडक आन्दोलनमा रहेका छन् ।
शिक्षा ऐनमा यसअघि शिक्षकहरूसँग भएका सहमतिका बुँदाहरूलाई समावेश गर्नुपर्ने आन्दोलनरत शिक्षक कर्मचारीहरूको माग छ ।
