शिवनाथमा १० शैय्या अस्पताल निर्माणमा तिव्रता

बैतडी -बैतडीको शिवनाथ गाउँपालिकामा १० शैय्याको आधारभूत अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ।

गाउँपालिका–६ सुल्लेखानमा निर्माण निर्माण भइरहेको अस्पताल निर्माणको काम ५० प्रतिशत पुरा भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो ।

१० शैय्या अस्पताल निर्माण कार्य द्रुतगतिमा भइरहेको छ,दुई ब्लकमा छत ढलान गरि तेस्रोको कार्य प्रगतितर्फ छ । उहाँले भन्नुभयो,“ पछिल्लो समय अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । ”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार शिवनाथमा पनि १० शय्याको अस्पताल निर्माणको काम भइरहेको हो ।

जसका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भए अनुसार २०७८ सालमा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो ।
करिब नौ करोड रुपैयाँको लागतमा अस्पताल निर्माण भैरहेको जनाएको छ ।निर्माणको जिम्मा एस मित्र जेभी निर्माण कम्पनीले पाएको र असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउदै प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ अस्पताल निर्माणपछि उपचारको लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । नागरिकले गाउँमै सहज र सुलभरुपमा स्वास्थ्यसेवा दिने हाम्रो लक्ष्य छ। त्यसैले अस्पताल निर्माणको कामलाई पनि प्राथमिकतामा राखेका छौं ।”

१० शैय्या अस्पतालमा २ जना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.