बैतडीमा भन्सार छलीको चिनी बरामद

बैतडीमा भन्सार छलीको चिनी बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ जेबालीबाट आइतबार दिउँसो अन्दाजी  १० हजार मूल्य बराबरको एक क्विन्टल अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।

प्रहरी चौकी सेराबाट खटिएको प्रहरी टोलीले महाकाली नदी किनारमा बेवारिसे अवस्थामा चिनी फेला पारी बरामद गरेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।आवश्यक कारवाहीका लागि उक्त चिनी महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको प्रहरी निरीक्षक बडूले बताउनुभयो । ।

Leave A Reply

Your email address will not be published.