शिक्षकको आन्दोलनका कारण मेलौलीमा पुनर्योग र ग्रेडवृद्धि परीक्षा स्थगित

बैतडी-शिक्षकहरुको आन्दोलनका कारण बैतडीको मेलौली नगरपालिकाले परिक्षा स्थगित गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै यही वैशाख १५ र १६ गतेदेखि हुने भनिएको आधारभुत तह कक्षा ८ को पुनर्योग र ग्रेडवृद्धि परिक्षा शिक्षकहरुको आन्दोलनका कारण स्थगित गरिएको जनाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट द्वारा जारी सूचनामा भनिएको छ,‘ शैक्षिक सत्र २०८१ को आधारभुत तह कक्षा ८ को ग्रेडवृद्धि परिक्षा २०८१/१/१५ गतेदेखि सञ्चालन गर्ने भनी सूचना प्रकाशित गरिएकोमा शिक्षक महासंघको आन्दोलनका कारण उक्त परिक्षा अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित भएको छ ।’

वैशाख १५ गतेदेखि हुने भनिएको पुनर्योग र ग्रेडवृद्धि परिक्षा अनिश्चितकालका लागि स्थगित भएपछि विद्यार्थी चिन्तामा परेका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै देशभरका शिक्षकहरूले काठमाडौंमा १९ दिनदेखि अनिश्चितकालिन सडक आन्दोलनमा रहेका छन् ।

शिक्षा ऐनमा यसअघि शिक्षकहरूसँग भएका सहमतिका बुँदाहरूलाई समावेश गर्नुपर्ने आन्दोलनरत शिक्षक कर्मचारीहरूको माग छ ।

Leave A Reply

Your email address will not be published.