बैतडीको मेलौलीमा विव्यस अध्यक्षहरुसगं छलफल

बैतडी : मेलौलीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसगं छलफल गरिएको छ। नगर प्रमुख भिम बहादुर चन्दको अध्यक्षतामा मंगलवार विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसगं छलफल गरिएको कम्प्युटर अपरेटर महेन्द्र सिह नायकले जानकारी दिनुभयो।

शैक्षिक सत्रको नियमति कामकाजहरु शिक्षकहरुको आन्दोलनका कारण रोकिएको अवस्थामा छलफल गरिएको जनाईएको छ। छलफलमा विद्यार्थी भर्ना, सामुदायिक विद्यालयहरु सञ्चालन, कक्षा १२ को परिक्षा निर्धारीत समयमै सञ्चालन, मेलौली नगरपालिकाको कक्षा ८ को ग्रेडवृद्धि परिक्षा सञ्चालन तथा व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको कम्प्युटर अपरेटर नायकले जानकारी दिनुभयो।

यसैगरी आन्दोलनमा रहेका शिक्षकहरुका जायज मागहरु सम्वोधन गरी काम-काजमा फर्काउन पहल गरिदिन नेपाल सरकार र शिक्षक माहासघं नेपाललाई मेलौली नगरपालिकाले पत्रचार गर्ने निणर्य गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको माग अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको नाम, सम्पर्क नम्बर र ठेगानासहितको विवरण नगरपालिकाले तयार पार्ने निणर्य समेत गरिएको छ।

छलफलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले विद्यालयहरुको भौतिक, शैक्षिक, आर्थीक अवस्थाको बारेमा जानकारी गराएका थिए। विद्यालयहरुका समस्याहरुलाई पालिका लगायत अन्य निकायसगं समन्वय गर्ने नगर प्रमुख चन्दले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.