चर्चित गायिका एलिना चौहान भोलि पाटन महोत्सवमा आउने

बैतडी-बैतडीको पाटनमा जारी कृषि पर्यटन कला संस्कृति रोजगार तथा औद्योगिक व्यापार मेला एवं पाटन बैतडी महोत्सवमा भोलि चर्चित गायिका एलिना चौहान आउने भएकी छन्।

गायिका चौहानले आफू भोलि पाटन महोत्सवमा आउने सामाजिक सञ्जाल फेसबुक मार्फत बताएकी छन्।पाटन महोत्सवमा भोलि आफ्नो प्रस्तुति रहने बताउदै चौहानले सुभेच्छुकलाई उपस्थितिका लागि आग्रह समेत गरेकी छन् ।

यसका साथै भोली देउडा गायक शेरी औझीलगायतका कलाकारको प्रस्तुति समेत रहने च्याम्बर अफ कमर्स बैतडीका अध्यक्ष हरिश प्रशाद जोशीले जानकारी दिनुभयो ।

महोत्सवमा यसअघि कलाकार चक्र बम, बद्री पंगेनी, महेशकुमार औझी,लालबहादुर धामी,मनोजसिंह धामी,रेखा जोशी,ज्योति मगर,कमल विसि,सौगात ओझा, लगायतले प्रस्तुति राखिसकेका छन्।

नेपाल च्याम्बर अफ कमर्स बैतडीको आयोजना,पाटन नगरपालिकाको प्रवद्र्धन तथा क्वालिटी स्टील आल्मुनियम एण्ड युपिभीसीको मुख्य प्रायोजनमा महोत्सव वैशाख २ गतेदेखि सञ्चालनमा रहेको छ।

श्रीकृष्ण मावि पाटनको मैदानमा सञ्चालित महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिका साथै स्थानीय कृषि उत्पादनको प्रदर्शनी र व्यापारमा जोड दिइएको छ ।महोत्सवले पर्यटन प्रबद्र्धन, व्यापार र कला, संस्कृती संरक्षणमा टेवा पुर्याउने आयोजकको दाबी छ ।

Leave A Reply

Your email address will not be published.