बैतडीमा किसानहरुलाई अनुदानमा बोका वितरण

बैतडी : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडकोे आर्थिक बर्ष २०८१/८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार नस्ल सुधारका लागि किसानहरुलाई बोका वितरण गरिएको छ। शुक्रबार नष्ल सुधारका लागि उन्नत जातका राँगा बोका वितरण कार्यक्रम अन्तरर्गत बोका वितरण सम्पन्न गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनकी सुचना अधिकारी रत्ना कार्कीले जानकारी दिनुभयो।

बैतडीका शिवनाथ, पञ्चेश्वर र डिलाशैनी गाउँपालिका बाहेका सबै पालिकाका किसानहरुलाई नस्ल सुधारका लागि खरी जातका २५ वटा बोका वितरण गरिएको उहाँले बताउँनुभयो। शिवनाथ, पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाका किसानहरुको आवेदन परेको थिएन।

नस्ल सुधार गरेर उत्पादन बृद्धि गर्न बोका वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका कार्यालय प्रमुख गुमानी दत्त पन्तले जानकारी दिए। “बाख्रामा नस्ल सुधार भई पाठापाठी राम्रो उत्पादन हुन्छन् र ५० प्रतिशत अनुदान दिदा किसानलाई सहुलियत पनि हुन्छ” उहाँले भन्नुभयो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीले नष्ल सुधारका लागि उन्नत जातका राँगा बोका वितरण कार्यक्रम अन्तरर्गत १० लाख छुट्याएको थियो।

Leave A Reply

Your email address will not be published.